दफा
राष्ट्र ऋण उठाउने अधिकार
(१) आर्थिक वर्ष २०७५/७६ को निमित्त नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावहरुलाई कार्यान्वयन गर्न नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ को अन्त्यमा अधिविकर्ष बापत तिर्न बाँकी रकम र अन्य तिर्न बाँकी रकममा थप रु. १,७२,००,००,००,०००।- (अक्षरेपी एक खर्ब बहत्तर अर्ब) मा नबढ्ने गरी त्यतिसम्म रकमको राष्ट्र ऋण उठाउन सक्नेछ ।
तर यसरी उठाइने राष्ट्र ऋण रकममा नेपाल सरकारले प्रचलित कानून बमोजिम लिन पाउने अधिविकर्ष रकम समावेश हुने छैन ।
(२) नेपाल सरकारले आर्थिक वर्ष २०७५/७६ सम्मको नेपाल राष्ट्र बैङ्कलाई तिर्न बाँकी अधिविकर्षलाई नेपाल सरकारले ट्रेजरी बिलमा परिणत गर्न स्वीकृति दिन सक्नेछ ।
(३) यस दफा बमोजिम उठाइएको राष्ट्र ऋणको साँवा ब्याज भुक्तानी गर्ने अवधि र सो ऋणको ब्याजको दर राष्ट्र ऋण ऐन, २०५९ बमोजिम हुनेछ ।